काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीका १७ लाख ६२ हजार ९२४ कित्ता सेयर बिक्रिमा ल्याएको हो । जसमा बैंकले संस्थापक सेयरधनी ध्रुव चन्द्र धितालको ५ लाख ५७ हजार ५४९ कित्ता सेयर बिक्री गर्ने भएको भने सतिश कुमार मोरको ३ लाख ५२ हजार ८०० कित्ता, राज कुमार मोरको २ लाख ६८ हजार ८०० कित्ता, श्रवण कुमार मोरको नाममा २ लाख ५८ हजार ७७५ कित्ता, सुरेश प्रसाद चौधरीको २ लाख कित्ता र खगेन्द्र भट्टचनको १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकले उक्त सेयरको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले चैत २ गते बुधबारबाट ३५ दिन भित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताले आवेनद दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्