×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेडको विश्व वित्तिय सप्ताह : शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु क्यापिटल लिमिटेडको विश्व वित्तिय सप्ताह : शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  ।  प्रभु क्यापिटल लिमिटेडले (Global Money Week) २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले (Global Money Week)  २०२२ अन्तरगत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

क्यापिटलले चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमडौको स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिङ र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए । यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरगतको बागमति गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई यहि चैत्र ०९ गतेका दिन १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

(Global Money Week)  २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च मा.वि.को तालिम हलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी