काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना गर्ने भएको छ । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।
क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार विहान १० बजेबाट सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यसक्रममा १५ वटा कलेजलाई ५-५ वटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ । पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २-२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गर्ने छ ।
यसैगरी दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिने तयारी रहेको छ । तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिने भएको हो ।
प्रतियोगितामा नेपालको बैंकिंग तथा वित्तिय संस्था तथा यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तिय प्रणाली, अर्थतन्त्र र बजेट, पूँजी बजार, बीमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्त सम्बन्धी जल्दाबल्दा विषयहरुका साथै मर्चेन्ट बैंकिंग, रेटिंग, नेप्से तथा नेपाली पूँजी बजारका विभिन्न सहभागीहरुका बारेमा प्रश्न उत्तरको माध्यमबाट सहभागी प्रतियोगी विद्यार्थीहरुका साथै प्रतियोगिता हेर्ने अन्य विद्यार्थीहरुमा वित्तिय साक्षरता अभिवृद्धि हुने लक्ष्य राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्