काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना जना सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।
कार्यक्रमको सभापतित्व प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले गरेका थिए ।क्यापिटलले काठमाडौं उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल १२५ अंक सहित काठमाडौं युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंक सहित साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेश्रोमा ७५ अंक सहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सहि उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । त्यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्