×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा आइतबार, लगानीकर्तालाई छैन लाभांश

PRIME CA

प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा आइतबार, लगानीकर्तालाई छैन लाभांश

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा आज चैत ६ गते (आइतबार) हुँदैछ । कम्पनीको सभा बिहान १० बजेदेखि होटल रेडिसन, लाजिम्पाट, काठमाडौंमा बसेको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने रहेको छ ।
यस्तै संस्थापक सेयरधनीको तर्फबाट एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभाको लागि कम्पनीले फागुन २३ गते बुक क्लोज गरेको छ । त्यसैले फागुन २२ गतेसम्मका कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: