×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, संचालकमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, संचालकमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा होटल रेडिसन काठमाडौंमा आइतबार सम्पन्न गरेको हो । सभा कम्पनीका अध्यक्ष डा.आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिमा अध्यक्ष डा. घिमिरेलगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा.बिमला दाहाल रेग्मी रहेका छन् ।

सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा.बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह ‘ख का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा.आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पनि पारित भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी