×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफबाट नारायण पौडेलको राजीनामा, नेपाल लाइफमा हुँदा विवादित बनेका प्रसाईं सीइओ हुँदै !

PRIME CA

प्रभु लाइफबाट नारायण पौडेलको राजीनामा, नेपाल लाइफमा हुँदा विवादित बनेका प्रसाईं सीइओ हुँदै !

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।उनले आउँदो बैशाखबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
यता काम गर्न नसकेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छोडेका सन्तोष प्रसाईंलाई कम्पनीले सीइओ बनाउने गरी यसअघि नै सल्लाहकार नियुक्त गरिसकेको छ । कम्पनीमा उनको इन्ट्रीलाई अर्थपूर्ण तरिका हेरिएको थियो । अब भने पौडेलको राजीनासंगै प्रसाईंनै प्रभु लाइफको सीइओ बन्ने निश्चितप्राय बनेको छ ।
हाल प्रसाईं कुलिङ पिरियडमा रहेकाले बैशाखदेखि प्रभु लाइफको व्यवस्थापन सम्हाल्ने बुझिएको छ । कम्पनीले प्रसाईंलाई सल्लाहकारका रुपमा ल्याएसंगै नारायण पौडेललाई राजीनामा दिन लगाईएको बताइएको छ । पौडेलले २०७६ जेठदेखि प्रभु लाइफको सिइओको जिम्मेवारी सम्हालेका थिए । उनि नेपाल राष्ट्र बैंकबाट अवकास भएको डेढ महिनापछि  प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनकै कार्यकालमा प्रभु लाइफले सर्वसाधारणका लागि  आइपीओ निष्कास न गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: