काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।दुबै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेसँगै बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रभु इन्स्योरेन्सले आव २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा साधारणसभा बोलाएको छ ।
यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले चैत ३० गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्