काठमाडौं । आज बुधबारदेखि प्राइम कमर्सियल बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको सो ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा ल्याएको कुल इकाईमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बाँकी १५ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गरिनेछ ।
१० वर्ष अवधिको सो ऋणपत्रमा वार्षिक ब्याजदर १०% तोकिएको छ । प्राइमले ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । लगानीकर्ताले यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यो डिबेन्चरमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्