काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने जनाएको हो ।
कम्पनीको यसअघि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो भने अहिले परिमार्जन गरी संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गरेको छ ।
यसैबीच कम्पनीले आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभउमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि संस्थापक सेयरधनीहरुलाई भनेको छ ।
तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धी जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्