×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.३१% लाभांश पारित गर्न प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारणसभा बुधबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६.३१% लाभांश पारित गर्न प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारणसभा बुधबार

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीको वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललिपुरमा दिउँसो १ बजे हुने भएको हो । सभाले कम्पनीले प्रस्ताव गरेको ६.३१ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।
कम्पनीले सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर गर्दा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यसबाहेक आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाब लगायतलाई पारित पनि गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: