काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको सेयरको भएको छ । यस बैंकको ८४ करोड १९ लाख ४६ हजार ६३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको सेयरको भएको छ । यस बैंकको ८४ करोड १९ लाख ४६ हजार ६३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, अपि पावर, शिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र नेपाल फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । बुद्धभुमि नेपालमा यस्तो गिरावट आउँदा खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर, सेन्ट्रल फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्