×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकसहित अन्य १३ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय वाणिज्य बैंकसहित अन्य १३ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, यस्तो छ कारण

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाहीमा गरेको छ । राष्ट्र बैंकले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो । जसमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल एसबीआई, नबिल बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन् ।

यसमध्ये प्रभु बैंक अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण कारवाहीमा गरेको हो । सो कारण राष्ट्र बैंकले प्रभु बैंकलाई १ लाख ८० हजार ३४० रुपैयाँ जरिवानासमेत तिराएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल एसबीआई, नबिल बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेञ्चुरी बैंक भने बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेका काराण कारवाहीमा परेका हुन् ।

यता स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले भने कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेका कारण कारवाहीमा परेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी