Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर, भ्रष्टाचार गरेको पुष्टी !

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाले भ्रष्टाचार गरेको पाइएको छ । अख्तियारले नेपाल राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चाैधरी, बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३-०७०/०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीले  गलत लिखत तयार गरी भ्रष्टाचार गरेको पुष्टी  एसँगै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
दाङकाे सडक कार्यालय अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी.रटौदहरफस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टचार गरेकाे पुष्टी भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK