×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! बजारमा धमाधम भेटिन थाल्यो नक्कली रिचार्ज कार्ड, तपाईं पनि फस्नुहोला है !

PRIME CA
GLOBAL IME BANK

होसियार ! बजारमा धमाधम भेटिन थाल्यो नक्कली रिचार्ज कार्ड, तपाईं पनि फस्नुहोला है !

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली बजारमा नक्कली रिचार्ज कार्डको बिगबिगी बढ्न थालेको छ । पछिल्लो समय बजारमा केहि व्यक्तिहरुले छिटो पैसा कमाउने लोभमा परेर यस्तो अनैतिक कार्य गर्न थालेपछि नक्कली रिचार्ज कार्डको बिगबिगी बढ्न थालेको हो ।

नक्कली रिचार्ज कार्डको बिगबिगी बढेसँगै नेपाल टेलिकमले त्यसबाट ग्राहकहरुलाई सचेत रहन अनुरोधसमेत गरेको छ । टेलिकम एक सूचना प्रकाशन गर्दै ग्राहकहरुलाई सचेत रहन अनुरोध गरेको हो । नेपाल टेलिकमले आफ्ना ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्राण्डमा रिचार्ज कार्ड उपलब्ध गराउँदै आएको छ ।

हाल नेपाल टेलिकमले कागजमा प्रिन्ट भएर आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई–पिन तथा एमपोसमार्फतसमेत रिचार्ज सेवा उपलब्ध गराउँदै आईरहेको छ बजारमा नेपाल टेलिकमको रिचार्ज कार्ड भन्दै अनाधिकृत र नक्कली रिचार्ज कार्डहरू बिक्री गर्ने झुण्ड भेटिन थालेपछि टेलिकमले ग्राहकलाई सचेत गराउँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: