×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिइओको मनपरीले हद नाघेको भन्दै सगरमाथा इन्स्योरेन्सका दर्जन बढी कर्मचारीले दिए राजिनामा !

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीइओ) चंकी क्षेत्रीको मनपरी हद नाघ्न थालेपछि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका उच्च व्यवस्थापनमा रहेका कर्मचारीसहित झन्डै एक दर्जन कर्मचारीले राजिनामा दिएको पाइएको छ । सीइओ क्षेत्रीले अनावश्यक दुस् ख दिने तथा कर्मचारीहरुमाथि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै कम्पनीका विभागीय प्रमुखसहितका कर्मचारीले राजीनामा दिएको पाईएको हो ।
कम्पनीका विभागीय प्रमुख, डेपुटी सिईओ एसके रावललगायतका कर्मचारीहरुले राजिनामा दिएका हुन् । यद्यपि केही कर्मचारीको राजिनामा स्वीकृत भईसकेको छ भने केहि कर्मचारीको राजिनामा स्वीकृत नभएको बताइएको छ ।
कर्मचारीलाई विभिन्न दबाब दिएका कम्पनीका सिईओ क्षेत्रीको अहिले चौतर्फी आलोचना भईरहेको छ । कम्पनीमा काम गर्ने वातारण बिगारेको, कर्पोरेट कल्चर कमजोर बनाएको, कर्मचारीहरुमाथि पक्षपातपूर्ण व्यवहार गरेकोलगायतको आरोप उनीमाथि लागेको छ । एकै पटक ठूलो संख्यामा कर्मचारीहरुले राजिनामा दिएसंगै सो बिषयलाई गम्भीर तरिकाले हेरिएको छ ।
यता कम्पनीका एक कर्मचारी भने कर्मचारीले राजिनामा दिएको विषय कुनै गम्भीर नभई नियमित प्रक्रिया रहेको बताउँछन् । यद्यपी सगरमाथा इन्स्योरेन्समा काम गर्ने वातारण बिग्रदै गएको अधिकाशं कर्मचारीको गुनासो छ । कम्पनीले केहि समय अघि सार्वजनिक सूचना प्रकाशन गरी म्यानेजर एक जना, अफिसरसहित दर्जनभन्दा बढि कर्मचारीहरु माग गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: