×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सको ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कति छ भाउ ?

PRIME CA

सगरमाथा इन्स्योरेन्सको ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कति छ भाउ ?

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आज चैत ८ गतेदेखि ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीका लागि कम्पनीले मंगलबार ३५ दिने सूचना जारी गरेको हो ।
सो सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता ४०० तोकिएको सेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा सो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: