काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट बढ्दै गएको ईन्धन खपत घटाउन साइकल प्रयोगमा जोड दिएका छन् । विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले नेपालमा समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हुँदा यसको वढ्दो खपतले निम्त्याउन सक्ने समस्यलाई मध्यनजर गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ कर्मचारीबाट साइकल प्रयोगमा जोड दिएको हो ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावत गर्न उत्पे्ररित गरेको छ । बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।
बैंकले विद्युतिय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवद्र्धन गर्न लागेको समेत बताए । देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “इन्धन चुनौती बचत गर्नुहोस्” भन्ने नाराका साथ सांग्रिला बैंक अगाडी बढेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्