×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप ब्रोकरलाई लाईसेन्स दिने र नयाँ स्टक एक्सचेञ्ज खोल्ने योजनामा धितोपत्र बोर्ड

PRIME CA

थप ब्रोकरलाई लाईसेन्स दिने र नयाँ स्टक एक्सचेञ्ज खोल्ने योजनामा धितोपत्र बोर्ड

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ब्रोकरहरुलाई लाईसेन्स दिने र नयाँ स्टक एक्सचेञ्ज खोल्ने योजना अघि सारेको छ । बोर्डले ग्लोबल मनी विकको अवसरमा आगामी दिनको लक्ष्य सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेञ्ज खोल्ने र थप ब्रोकरहरुलाई लाईसेन्स दिने योजना अगाडी सारेको हो।
बोर्डले देशभर धितोपत्र खरिद बिक्री सेवाको पहुँच बढाउने उदेश्यले निजी क्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायीहरू तथा धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरिने जनाएको हो । सो अवसरमा बोर्डले नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई देहाय बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको जनाएको छ।
-धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को पापदण्ड अनुरूपको बनाउँदै लैजाने
-बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गरी संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने
-बोर्डको आफ्नै कार्यालय भवनको निर्माण गर्ने
-धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिने
-बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने, बजार सहभागीहरूको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गरिने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: