×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरले आइपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सीवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरले आइपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ। बोर्डले सीवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
सीवाइसी नेपाल लघुविले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको नेपाल ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यता रिभर फल्स पावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी