काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न ब्रोकर कम्पनीहरुलाई शाखा खोल्न अनुमति दिने तयारी गरेको छ । बोर्डका अनुसार ९ ब्रोकर कम्पनीलाई ७ वटै प्रदेशका १६ स्थानमा शाखा विस्तारको अनुमति दिने तयारी भएको हो । शाखा विस्तारको सैद्धान्तिक स्वीकृति (एलओआइ) पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुलाई अन्तिम स्वीकृत दिन लागिएको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना रहेका बेला एलओइआई पाइसकेको ब्रोकरका शाखालाई सञ्चालनमा ल्याउने पक्षमा अहिलेका अध्यक्ष रहेपछि ति ब्रोकरलाई छिट्टै अन्तिम स्वीकृति दिने तयारीमा बोर्ड रहेको बताएका छन् । कुल ५० वटा ब्रोकर कम्पनीहरुमध्ये हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखाले सेवा प्रदान गरिरहेका छन् ।
झन्डै २ वर्ष अघि ब्रोकर कम्पनीहरुले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न बोर्डमा आवेदन दिएका थिए । जसमध्ये बोर्डले ९ वटा ब्रोकरलाई १६ स्थानमा शाखा विस्तार गर्न एलओआइ दिएको हो । बोर्डले ९ वटा ब्रोकर कम्पनीहरुलाई नवलपुरको कावासोतीमा, मोरङको उल्लाबारी, भरतपुरको चितवन, महोत्तरीको बर्दिबास, दोलखाको चरिकोट, सिराहाको लाहान, कैलालीको लम्की, दाङको तुलसीपूर, पर्वतको कुस्मा, रामेछापको मन्थली, पाचथरको फिदिम, इलामको सदरमुकाम इलाम, नवलपूरको भुमही, पाल्पाको तानसेन, रुपन्देशीको भैरवाह, र झापाको दमकमा ब्रोकरलाई शाखा कार्यालय खोल्न सैद्दान्तिक स्वीकृति दिएको हो ।
यता मल्ल एण्ड मल्ल ब्रोकिङ अर्थात ब्रोकर ११ ले पाचथरको फिदिम र इलामको सदरमुकाम इलाममा गरी २ स्थानमा शाखा विस्तार गर्न अनुमति पाएको छ भने ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले दोलखा जिल्लाको चरिकोट, कैलालीको लम्की र सिराहको लाहानमा शाखा विस्तार गर्न अनुमति पाएको हो ।
यस्तै एलओआइबाट ब्रोकर नम्बर ३६ सेक्युड सेक्युरिटीजले झापाको दमकमा ब्रोकर नम्बर ७ जेएफ सेकुरिटिजले मोरङको उल्लाबारीमा, ब्रोकर नम्बर २९ त्रिशुल सेकुरिटिज एण्ड इनभेष्टमेण्टले एक स्थानमा र ब्रोकर नम्बर ५१ अक्सपोर्ड सेक्युरिटिजले २ स्थानमा शाखा कार्यालय विस्तार गर्न अनुमति पाएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्