काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशैभरी ’ग्लोबल मनी वीक’ मनाउने भएको छ । बोर्डले चैत्र ७ गते देखि १३ गतेसम्म ग्लोबल मनी वीक मनाउने भएको हो । सेयर बजारमा लगानी गर्ने लगानीकार्ताको हक हित र संरक्षण गर्ने मुख्य उद्देश्यका साथ बोर्डले बजार सम्बन्धी साक्षरता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गर्ने भएको हो ।
बोर्डले चैत्र ७ मा वित्तीय सेवा साक्षरता र महत्वको विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै चैत्र ८ मा पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण गर्ने बोर्डले जनाएको छ ।
यस्तै कार्यक्रमको चैत्र ९ गते देशको विभिन्न प्रदेशमा धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गर्ने र १० गते धनगढीमा धितोपत्र बजारका आधारभूत पक्षहरुको प्रदेशस्तरीय अन्र्तक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।
त्यसैगरी चैत्र ११ र १२ मा सामुहिक लगानी कोष र क्रेडिट रेटिगं विषयमा सचेतना अभिवृद्धि गर्ने र सेयर बजार तथा वस्तु विनिमय बजारका बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले कार्यक्रमको अन्तिम दिन चैत्र १३ गते बोर्ड तथा बजार सहभागीताहरुले धितोपत्र बजार विषयमा समेटिएका अध्ययन सामाग्रीहरु प्रकाशन तथा वितरण गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्