काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई १२ बुँदे ज्ञापनपत्र बुझाएका छन् । राज कुमार न्यौपाने, राजु ओझा, सुमन पौडेललगायतका लगानीकर्ताहरुले सोमबार बोर्डको कार्यालयमै पुगेर विभिन्न १२ बुँदे मागसहितको ज्ञापनपत्र हमाल समक्ष बुझाएका हुन् ।
फुल ब्रोक्रेज सिस्टम नेपालमा पनि कार्यान्वयन हुनुपर्ने, कुनै पनि कम्पनीले आइपीओ जारी गर्दा कम्तिमा ३०% जारी गर्नुपर्ने नियम आउनुपर्ने, प्रमोटर सेयर ग्राहकले आफ्नै TMS बाट खरिद बिक्री गर्न पाउनुपर्नेलगायतका माग उनीहरुले गरेका छन् ।
यता सोही माग राख्दै उनीहरुले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि ज्ञापनपत्र बुझाएका छन् । सो मागहरु सम्बोधन गर्न आफुहरु सकारात्मक रहेको बोर्डका अध्यक्ष हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्कीले बताएका छन्।
यस्ता छन् लगानीकर्ताका मागहरुः
१) Full brokerage System नेपालमा पनि कार्यनयन हुनुपर्यो। (Margin Lending ; Dp services; Market Maker को काम सहित)
२) आधारभुत शेयर शिक्षा कार्यक्रम सम्बन्धित निकायले प्रत्येक सुगमदेखि दुर्गम स्थानसम्म सन्चलान मा ल्याउनु पर्यो।
३) कुनै पनि कम्पनी ले IPO जारी गर्दा कम्तिमा ३०% जारी गर्नुपर्ने नियम आउनुपर्ने।
४) शेयर बिश्लेशकहरुलाइ सम्बन्धित निकायले अनुमती पत्र प्रदान गरेको खण्डमा मात्र आफ्ना बिश्लेशणहरु प्रकाशन गर्न पाउने
५) प्राबिधिक कारणबस शेयर किनबेच गर्दा ग्राहकलाई मार पर्न गएमा सम्बन्धित निकायले समाधान को पहल गर्नु पर्ने।
(कहिले काहीँ double buy / double sale को समस्या देखिएकोले)
६) Promotor Share ग्राहकले आफ्नै TMS बाट खरिद बिक्री गर्न पाउनु पर्ने
७) Auction (लिलामी) शेयर पनि online मार्फत आबेदन दिन ब्यबस्था मिलाउनु पर्ने
८) ब्रोकर सेवा सुबिधा देशका सम्पुर्ण क्षेत्रमा बिस्तार गरियोस।
९) कुनै पनि मिडियाले आफ्नो स्वार्थ अनुसारको समाचार सम्प्रेसण गर्ने प्रवृत्ति बन्द गरिनु पर्यो। (कुनै पनि कम्पनीले यति बोनस दिने यति क्यास Dividend दिने यतिराईट आउदै छ अरे आदि भ्रामक समाचार सम्प्रेसण गर्न बन्द गरिनु पर्ने।
१०) Sale को AON अबश्यक गृहकार्य गरि परिमार्जन हुनु पर्ने।
११) अनलाईन TMS मार्फत बिक्रि गरिएको शेयर कुनै कारणबस ग्राहकले EDIS गर्न नसकेमा Close out मा पर्ने २०% जरिवानाको ब्यबस्था अन्त्य गरिनु पर्ने।
१२) हाल कार्यान्वयनमा रहेको (T+2) प्रणालीको समयावधि घटाउदै Intraday Trading, Short sell जस्ता नया सेवा सुबिधा ल्याउनमा बिशेष पहल गरियोसा
यो कुराले आम लगानीकर्तामा थप उत्साह,बजार क्षेत्र विस्तार लगायत समग्र नेपाली पुजिबजारमा नया कोशे ढुङ्गा सावित हुनेछ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्