×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर कारोबार सेटिङमै हुने गरेको छ, इन्साइडर ट्रेडिङ पनि भेटियो’ : अर्थमन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सेयर कारोबार सेटिङमै हुने गरेको छ, इन्साइडर ट्रेडिङ पनि भेटियो’ : अर्थमन्त्री शर्मा

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबार सेटिङमै हुने गरेको बताएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो क्रममा उनले सेयर बजारमा इन्साइडर ट्रेडिङसमेत् धेरै हुने गरेको बताए । सो कार्यलाई रोक्नुपर्ने आवश्यक रहेको पनि उनको भनाई थियो ।
अन्य मुलुकमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको भन्दै रहेको बताउंदै सो प्रणालीको आवश्यक नेपालको पूँजी बजारमा रहेको र त्यसलाई भित्र्याउने प्रतिवद्दता उनको छ । अर्थमन्त्री शर्माले ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको भन्दै लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेकोसमेत बताए ।
यस्तै सो क्रममा मन्त्री शर्माले टिमएस सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै ब्रोकर कम्पनीहरूको दक्षता पनि बढाउनु पर्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी