काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजारबाट पूँजी हराएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘बजारबाट पूँजी कहाँ हराएको हो ? त्यसको खोजी गर्दैछु ।’ उनले भने ‘पूँजी सिरानीभित्र त गएको छैन ? कतै निष्कृय भएर बसेको त छैन ? म खोजी गरिरहेको छु ।’
अर्थमन्त्री शर्माले अहिलेको राष्ट्रिय आवश्यकता र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि ठुलो लगानीको खाँचो रहेको बताएका छन् । त्यसका लागि नागरिक लगानी कोषजस्ता संस्थाको भूमिका महत्वपुर्ण रहेको उनले बताए ।
यस्तै लगानी भित्र्याउन र जुटाउन विभिन्न उपायहरू अर्थ मन्त्रालयले गरिरहेको भन्दै उनले विभिन्न डेभलपमेन्ट फन्ड निर्माण गरिरहेको बताए । साथै पेट्रोल खपत घटाउनुपर्ने अवस्थामा सरकार रहेको पनि उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्