×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो शिखर इन्स्योरेन्स कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर, चैत २१ गतेसम्म आवेदन दिन सकिने…!

PRIME CA

खुल्यो शिखर इन्स्योरेन्स कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर, चैत २१ गतेसम्म आवेदन दिन सकिने…!

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिखर इन्स्योरेन्सले आज चैत १ गतेदेखि ३०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । सो सेयरमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ भने चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको साखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने ।
यस्तै कम्पनीको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ । उक्त हकप्रद बिक्रीपछि पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: