×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्री इन्भेष्टमेन्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएका छन् । कम्पनीका संस्थापक धर्मराज श्रेष्ठ र ज्योती कुमारी सरावगीले ५०–५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: