×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र कोशी अस्पतालबीच सम्झौता, हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिद्धार्थ बैंक र कोशी अस्पतालबीच सम्झौता, हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र कोशी अस्पतालबीच सम्झौता भएको छ । कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग बैंकले सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले मेसिनका लागि रु। ५० लाख बराबरको सहयोग गर्नेछ । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ ।

सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी