×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सद्वारा चैत ३० गते वार्षिक साधारणसभा आह्वान, १५.७९% लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डप, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभाका लागि कम्पनीले चैत १७ गते एकदिन बुक क्लोज गर्नेछ । चैत १६ गतेसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: