×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ महिनामा विभिन्न देशबाट एक लाख ३५ हजार केजी चाँदी आयात, एक अर्बभन्दा बढी राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आठ महिनामा विभिन्न देशबाट एक लाख ३५ हजार केजी चाँदी आयात, एक अर्बभन्दा बढी राजस्व संकलन

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा विभिन्न देशबाट एक लाख ३५ हजार ३७० केजी चाँदी आयात भएको छ । सो अवधिमा एक अर्ब २१ करोड १० लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट नेपालमा चाँदी आउने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आवको भदौ महिनामा सबैभन्दा बढी  ४२ हजार ९५२ केजी चाँदी नेपाल भित्रिएको छ । जसबाट सरकारलाई ३६ करोड ५० लाख ९२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । यस्तै सबैभन्दा कम पुस महिनामा भएको छ । सो महिना   ६ सय केजी मात्र सुन नेपाल भित्रिएको छ । जसबाट ६४ लाख २० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
यस्तै साउनमा २६ हजार २ सय केजी, असोज महिनामा ३८ हजार ७५७ केजी, कात्तिक महिनामा २१ हजार ५ सय केजी चाँदी, मंसिर महिनामा तीन हजार केजी, माघ महिनामा एक हजार २८१ केजी, फागुन महिनामा एक हजार ८० केजी चाँदी आयात भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी