काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
यस कम्पनीले चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा १०% बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश पनि वितरण गर्दैछ । सभाको लागि कम्पनीले आज चैत १५ गतेदेखि बुक क्लोज गरेको छ ।