×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेमा सम्पन्न गर्यो अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेमा सम्पन्न गर्यो अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम

१७ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७८-०७९ को माघ मसान्त सम्ममा उत्कृष्ठ व्यक्तीगत र टीमबाट व्यवसाय गरेकाहरुलाई सम्मान गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, एरिया शाखा प्रमुख रविन्द्र हमाल लगायतको उपस्थितीममा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँके र बर्दियामा कार्य क्षेत्र बनाई काम गरिरहेका अभिकर्ता र एजेन्सी म्यानेजरहरुको पनि सहभागिता थियो । कार्यक्रममा सहभागी भएकी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि हुने बताईन ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी