काठमाडौँ । युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गर्नुभएको हो ।
नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा सो भवन निर्माण गर्न लागेको कतार च्यारेटीका नेपाल डाइडेक्टर इरसाद अली शेखले बताउनुभयो । सो भवन निर्माणका लागि समाजसेवी सुलेमान गुरुङले २३ आना जग्गा दान गर्नुभएको उहाँले जानकारी दिनुभयो । भवन निर्माण भएपश्चात युवाहरुलाई विभिन्न सिप विकास तालिम तथा क्षमता अभिवृद्धि तालिमहरु दिइने उहाँले स्पष्ट पार्नुभयो ।
भवन शिलान्यास गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माणको कामले सफलता र गति प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जग्गा दान गर्ने समाजसेवी गुरुङलाई सम्मान पनि व्यक्त गर्नुभयो । सो भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्