×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिएमएस सुधार गर्न अर्थमन्त्रीको निर्देशन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

टिएमएस सुधार गर्न अर्थमन्त्रीको निर्देशन !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुले टिमएसका कारण अनावश्यक दुख पाइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पूँजीबजार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले टिमएस सुधार गर्न निर्देशन दिएका हुन् ।
साथै अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का बीच तालमेल आवश्यक देखिएको पनि बताएका छन् । सोही कार्यक्रममा बोल्दै उनले ब्रोकर कम्पनीहरूको दक्षता पनि बढाउनुपर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले नेपाली सेयर बजारमा सर्कुलर ट्रेडिङ बढेको भन्दै यसलाई नियन्त्रण गर्न अत्यन्तै जरुरी रहेको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: