काठमाडौँ । सोमबार दिउँसोदेखि सेयर कारोबार प्रभावित भएको छ । टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोकेसंगै कारोबार प्रभावित भएको हो । बजार खुलेको केहि समयपछि टीएमएसमा समस्या आउँदा लगानीकर्ता सेयर कारोबार गर्नबाट वञ्चित भएका छन् । यता नेप्सेले भने एक सूचना जारी गर्दै टीएमएसमा समस्या आएकाले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ ।
३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको नेप्सेको भनाई छ । ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समाधानका लागि प्राविधिक कामहरु भइरहेको नेप्सेले जनाएको छ । १२ बजेर ५३ मिनेटपछि आज सेयर कारोबार भएको छैन । सो अवधिमा नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ को बिन्दुमा पुगेको छ । सो समयसम्म २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता सेयर खरीद बिक्रिबाट १ अर्ब ३४ करोड २२ लाख बढीको कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्