×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबार झिनो अकंले घट्यो नेप्से परिसूचक, २ अर्ब ४९ करोडमाथिको सेयर कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अकंले घटेको छ । नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड २२ लाख ८२ हजार ०२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा शिभम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । शिभम्को सेयरमा यस्तो गिरावट आउँदा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनिर्भसल पावर कम्पनी र पाँचथर पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड २२ लाख ८२ हजार ०२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्यारेन्स, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, शिभम् सिमेन्ट, जिवन विकास लघुवित्त, नबिल बैंक, युनिर्भसल पावर कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । यस अलावा सामलिङ पावर क्मपनी, नेपाल ल्यूब ओएल, न्यादी हाइड्रोपावर, एनआईबिएल समृद्धि फण्ड–२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: