काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अकंले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । पाँचथरको सेयरमा यस्तो गिरावट आउँदा पञ्चकन्या माई हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर र माउन्टेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्यारेन्स, एनआईसी एशिया बैंक, पाँचथर पावर कम्पनी, नेपाल बैंक, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी र बोटर्लस नेपाल (तराई) का लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेका हुन् । यस अलावा सामुदायिक लघुवित्त, इर्मजिङ नेपाल, शिव श्री हाइड्रोपावर र। युनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्