×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ५२.२१ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ७९ करोडमाथिको कारोबार हुँदा नेप्से २५६६.७९ बिन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार

PRIME CA

बिहिबार ५२.२१ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ७९ करोडमाथिको कारोबार हुँदा नेप्से २५६६.७९ बिन्दुमा

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको १६ करोड ६५ लाख २९ हजार ९६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । माउन्टेनको सेयरमा यस्तो गिरावट आउँदा नेपाल टेलिकम, बोटलर्स नेपाल (तराई), १२ ५ गुडविल फाइनान्स डिबेन्चर २०८३, १२ ५ आइसिएफसि फाइनान्स डिबेन्चर २०८३ र लक्ष्मी इक्विटी फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको १६ करोड ६५ लाख २९ हजार ९६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्यारेन्स, नेपाल बैंक, निफ्रा, अपर तामाकोशी हाइड्रोपावर र शिभम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा इर्मजिङ नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाईड्रो डेभलोपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्याति विबास बैंक र सेन्ट्रल फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: