काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १९.७२ अंकले घटेर २६३१.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३६ लाख ०१ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा युनाईटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । युनाईटेडको सेयरमा यस्तो आउँदा गिरावट नेपाल टेलिकम, शिव श्री हाइड्रोपावर, घलेम्दी हाईड्रो र लिबर्टी इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३६ लाख ०१ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक, अपि पावर कम्पनी, नेपाल लाइफ इन्योरेन्स, हिमालयन डिस्टिलरी, सोल्टि होटेल, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट,ग्लोबल आइएमई बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा पनि इमजिङ्ग नेपाल कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सोल्टि होटेल, नेपाल फाइनान्स, तारागन रेजेन्सी होटेलका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्