×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ५१ करोडमाथिको कारोबार हुँदा विकास बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा ८.५ % सानिमा डिबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । सानिमाको ८.५ ५ सानिमा डिबेन्चर २०८७ मा यस्तो गिरावट आउँदा कालिका पावर, ङादी हाईड्रोपावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी र शिभ श्री हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, शिभम् सिमेन्ट, ज्योति विकास बैंक, जिवन विकास लघुवित्त, अपि पावर कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रोपावर कम्पनी र हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त, एनएमबि हाईब्रिड फण्ड-१, विशाल बजार कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक र मितेरी ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: