Skip to content
LAXMI SUNRISE BANK

४१.४३ अंकले घट्यो नेप्से परिसूचक, कुन सेयरमा देखियो त लगानीकर्ताको रुची ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३२ कम्पनीको ८९ लाख २३ हजार ०१४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावरको सेयरको भएको छ । यस कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मल्टिपर्पसको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, मञ्जुश्री फाइनान्स र युनाइटेड मोदी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबारअपि पावरको सेयरको भएको छ । यस कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।यस अलावा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर, लाइफ इन्स्योरेन्स कर्पोरेशन, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा जीवन विकास लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK