×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरै दिनपछि नेप्सेमा छायो हरियाली, ४०.६८ अंकले बजार बढ्दा लगानीकर्ता खुशी !

PRIME CA

धेरै दिनपछि नेप्सेमा छायो हरियाली, ४०.६८ अंकले बजार बढ्दा लगानीकर्ता खुशी !

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३२ कम्पनीको ४५ लाख ०२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा ९.५% एनसिसि डिबेन्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । ९.५% एनसिसि डिबेन्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा युनिलिभर नेपाल, कुमारी इक्वीटि फण्ड, सिटिजन्स बैंक, ८.५ % सानिमा डिबेन्चर २०८७ र ग्रिन लाइफ हाईड्रोपावर मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर, नबिल बैंक, नेपाल टेलिकम, शिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्त, सामलिङ पावर कम्पनी र युनाइटेड इदि मर्दि हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: