×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक घट्दा पनि इमर्जिङ्ग र नेष्डोका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले मज्जैसँग पैसा छापे !

PRIME CA

नेप्से परिसूचक घट्दा पनि इमर्जिङ्ग र नेष्डोका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले मज्जैसँग पैसा छापे !

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ०५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपाल र नेष्डो लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, जाल्पा लघुवित्त, समता लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनआईबिएल समृद्धि फण्ड -१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । एनआईबिएल समृद्धि फण्ड-१ को सेयरमा यस्तो गिरावट आउँदा मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ०५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, अपि पावर कम्पनी, निफ्रा र अरुण भ्याली हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: