काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२८ कम्पनीको ३७ लाख ८७ हजार ०४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार इमर्जिङ्ग नेपालको भएको छ । यस कम्पनीको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा पनि इमर्जिङ्ग नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्त, युनाइटेड इदि मर्दि हाईड्रोपावर, बोटलर्स नेपाल(तराई), जाल्पा लघुवित्त र सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणीको सेयरमा यस्तो गिरावट आउँदा युनाइटेड मोदी हाईड्रोपावर, युनियन हाईड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार इमर्जिङ्ग नेपालको भएको छ । यस कम्पनीको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेष्ट इन्स्योरेन्स, नागरिक लगानि कोष, नबिल बैंक, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिभम् सिमेन्ट, नेपाल बैंक र अरुण भ्याली हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्