×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

अर्थ सरोकार

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार

PRIME CA

बुधबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेका हुन् । यस अलावा इर्मजिङ नेपाल, आइसिएफसि फाइनान्स, सिटिजन्स म्युचुअल फण्ड–२ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआईसी एशिया बैंक, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, जिवन विकास लघुवित्त, पाँचथर पावर कम्पनी, आइसिएफसि फाइनान्स, शिभम् सिमेन्ट र नेपाल लाइफ इन्स्यारेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बिशाल बजार कम्पनी, सामुदायिक लघुवित्त, बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी र नेपाल हाइड्रो डेभलोपरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । यी कम्पनीहरुको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन हाइड्रो नेपाल, , युनियन हाइड्रोपावर, पोखरा फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: