काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचकमा १७.१५ अंकले घटेर २६५०.९७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ६५ लाख २९ हजार ०२६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा इमजिङ्ग नेपाल कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सगरमाथा इन्स्योरेन्स, युनाईटेड इदि मर्दी आरबि हाइड्रोपावर, नेपाल पुनर्बिमा कम्पनी, राष्ट्र उत्थान लघुवित्त र गोर्खाज फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा नेपाल टेलिकमका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल टेलिकमको सेयरमा यस्तो गिरावट आउँदा मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाएड्रो इनर्जी, माउन्टेन हाईड्रो नपाल र नारायणी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नेपाल लाइफ इन्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी, शिभम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, पाँचथर पावर कम्पनी, शांग्रिला डेभलपमेन्ट बैंक, सूर्या लाईफ इन्स्योरेन्स र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्