×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १९.७२ अंकले घटेर २६३१.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३६ लाख ०१ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार टेलिकम कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३६ लाख ०१ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक, अपि पावर कम्पनी, नेपाल लाइफ इन्योरेन्स, हिमालयन डिस्टिलरी, सोल्टि होटेल, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट,ग्लोबल आइएमई बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा पनि इमजिङ्ग नेपाल कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सोल्टि होटेल, नेपाल फाइनान्स, तारागन रेजेन्सी होटेलका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा युनाईटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । युनाईटेडको सेयरमा यस्तो आउँदा गिरावट नेपाल टेलिकम, शिव श्री हाइड्रोपावर, घलेम्दी हाईड्रो र लिबर्टी इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

=

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: