×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : राष्ट्र उत्थान लघुवित्तमा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

PRIME CA

सोमबारको सेयर बजार : राष्ट्र उत्थान लघुवित्तमा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, नेष्डो लघुवित्त, ङादी ग्रुप पावर र आरबिबि म्युचुअल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा आइसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।आइसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, ग्रिन लाईफ हाइड्रोपावर र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल टेलिकम, ङादी ग्रुप पावर, अरुण भ्याली हाईड्रोपावर, शिभम् सिमेन्ट र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: