काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३२ कम्पनीको ४५ लाख ०२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर, नबिल बैंक, नेपाल टेलिकम, शिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ९.५% एनसिसि डिबेन्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । ९.५% एनसिसि डिबेन्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा युनिलिभर नेपाल, कुमारी इक्वीटि फण्ड, सिटिजन्स बैंक, ८.५ % सानिमा डिबेन्चर २०८७ र ग्रिन लाइफ हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्त, सामलिङ पावर कम्पनी र युनाइटेड इदि मर्दि हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्