काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधन फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । सोमबार महाशाखामा एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गर्नुभएको हो । एक महिनाको अवधिमा खोजि गर्दा उपत्यकाका विभिन्न स्थानमा सो सवारी साधनहरु फेला परेको महाशाखा प्रमुख जोशीले बताउनुभयो । उहाँले सवारी साधनमा डिस्क लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्न सकेमा सवारी साधन चाडैँ चोरी हुन नसक्ने बताउनुभयो । सवारी साधनको सुरक्षामा संवेदनशील हुन पनि सवारी धनीहरुलाई उहाँको आग्रह छ ।
महाशाखाले २ महिनाको अवधिमा ८८ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाइसकेको बताएको छ भने २५६ वटा मोटरसाइकल हराएको निवेदन परेको जानकारी दिएको छ । सवारी साधन हराउन साथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा फोन गरेर तथा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत् पनि निवेदन दिन ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । हेर्नुहास् भिडियोः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्